Thursday, September 12, 2024

कोरोनाका कारण बन्द सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि सुरु

पछिल्लाे समाचार


पर्सा ,२९ भदौ //
यातायात व्यवस्था कार्यालय वीरगञ्जले कोरोना माहामारिका कारण बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि पुनः सुरु गरेको छ ।
कार्यालयले एक सुचना जारि गर्दै गत बैशाख १४ लिखित परीक्षा लिएसँगै बन्द भएको सवारी चालक अनुमती पत्रको परीक्षा ४ महिनापछि मंगलबारबाट फेरि सुरु गरिएको हो ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जका लाइसेन्स शाखा प्रमुख सुशिल साहका अनुसार आज पहिलो दिन लिखित परीक्षा लिइएको छ।
गएको बैशाख १२, १३, १४ र १५ गते बायोमेट्रिक गरी रसिद काटेकाहरुको मंगलबार लिखित परीक्षा सुरु भएको उनले बताए।
लिखित परीक्षा विहान ७ बजेदेखि ११ बजेसम्म चल्ने प्रमुख साहले जानकारी दिए ।
लिखित र प्रयोगात्मक परीक्षा वीरगञ्ज महानगरपालिका वडा नं. २३ प्रसौनि विर्ता स्थित ट्रायल सेन्टरमा हुने कार्यालयद्वारा जारि सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था विभागले भदौ १० गते नै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न परिपत्र गरेको थियो ।
सोही अनुरुप सबै तयारी पुरा गरेर मंगलबारबाट परीक्षा अगाडि बढाएको प्रमुख साहले बताए ।
कोभिडका बेला बन्द भएको समयमा परीक्षाको मिति परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परीक्षा अघि बढाइएको उनले बताए ।
नयाँ फारम भर्ने काम अहिले सुरु नभएकाले पहिले फारम भरेकाहरुको लिखित र प्रयोगात्मक परीक्षा अघि बढाइएको भन्दै उनले विभागको परिपत्रपछि मात्रै नयाँ फारम खुल्ने जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु