Monday, June 24, 2024

कोरोना संक्रमणको कारण बाराका एक युवकको मृत्यु

पछिल्लाे समाचार


बारा ,१२ असोज //

कोरोना संक्रमणको कारण बाराका एक युवकको मृत्यु भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितको सोमबार गएराति करिब ९ बजेतिर मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा उदय नारायण सिंहले बताएका छन् ।

बाराको बिश्रामपुर गाउँपालिका छतवा बरैनिया बस्ने २० वर्षीय युवकलाई गत भदौँ ५ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसंगै उपचाररत युवकको गएराती मृत्यु भएको सिंहले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु