Friday, June 21, 2024

खुल्न थाले रौतहटका बिधालयहरु

पछिल्लाे समाचार

रौतहट १६ भदौ । जिल्लामा कोरोना संक्रमण दर न्यून हुँदै गएपछि सामुदायिक तथा निजी बिधालयहको कक्षा संचालनको तयारी थालिएको छ ।
केही निजी बिधालयहरुले भने भौतीकरुपमा नै कक्षा संचालन थालि सकेका छन ।
२०७६ चैत्र देखी बन्द रहेका सामुदायिक बिधालयहरु संचालनको तयारीमा छन ।
चन्द्रपुर नगरपालिकाले आउदो साता देखी बिधालय संचालनगर्ने तयारी थालेको छ । चन्द्रपुरका केही निजी बिधालयहरुले भौतिकरुपमा नै बिधार्थी उपस्थित गराएर कक्षा संचालन शूरु गरेका छन ।
गौर नपाले पनि कक्षा संचालनका लागी तयारी भैरहेको र जोखिमको अवस्था हेरेर एकहप्ता पछि देखी कक्षा संचालन गर्न छलफल भैरहेको गौर नपाका मेयर अजय गुप्ताले जानकारी दिए ।
रौतहटका १८ स्थानिय तहका केही निजी बिधालयहरुले बैकल्पिकरुपमा कक्षा संचालन गर्दै आएका थिए ।
कटहरिया नगरपालिकाक्षेत्रमा रहेका विद्यालय संचालनको तयारी थालेको छ ।

गरुडा नगरपालिकाले सामुदायिक विद्यालयहरु भदौ १६ गते बुधबार देखी संचालन गर्ने जनाएको छ ।
भदौ १० गते नगरप्रमुखको अध्यक्षतामा प्रधानाध्यापकहरु संग बसेको बैठकले लामो समय बिधालय बन्द हुदा पढाइ प्रभावित भएको र बैकल्पीक कक्षा समेत प्रभावकारी नभएको ले भौतिकरुप मा नै बिधार्थी उपस्थित गराएर कक्षा संचालन गर्ने निर्णय भएको छ ।
गरुडा नपाले २ देखी ३ सिफ्ट बनाएर २५ जना भन्दा बढी बिधार्थी कक्षामा नराखी ४ देखी ५ यस्तै ६ देखी ८ तथा ८ देखी १२ कक्षाका बिधार्थी लाइ सहभागी गराएर कक्षा संचालन गर्न लागेको जनाएको छ ।
चन्द्रपुर नपाका शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलले चन्द्रपुरका केही वडामा अझै कोरानाको जोखिम नै रहेकाले एकहप्ता पछि अवस्था हेरेर कक्षा संचालन गर्ने छलफल भैरहेको जानकारी दिएका छन ।
चन्द्रपुरका केही निजी बिधालयहरुले गएको आइतवार बाटै कक्षा संचालन गरेका छन । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल चन्द्रपुरका संचालक उमेश बास्कोटाले पुर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर कक्षा संचालन गरेको जानकारी दिए ।
कोराना को जोखिम कम गर्न बिधालय संचालन गर्ने, नगर्ने बारे स्थानिय तह लाइ जिम्मेवारी दिएकाले जोखिमको मुल्याकन गरी, पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर स्थानिय तहले कक्षा संचालनगर्न अनुमती दिनसक्ने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन ।
जिल्लाका हालसम्म एक हजार ४ सय १५ जना कोरा संक्रमित भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु