Wednesday, May 22, 2024

गए राती कटहरियामा चोरी

पछिल्लाे समाचार


रौतहट,२१ भदौ //
कटहरिया नगरपालिकामा गए राती चोरी भएको छ।
कटहरिया नगरपालिका वडा ४ टोलापुरमा स्थानिय उपेन्द्र महतोको घरमा मध्यरातमा ५ लाख मुल्य बराबको चोरी भएको हो।
घरका सबै परिवार निद्रामा भएको मौका छोपि अज्ञात चोरका समुहहरुले घरको पछाडी वाट प्रबेश गरि घरभित्र रहेको अन्नपात लत्ताकपडा गर गहना लगाएत करिब ५ लाख मुल्यबराबर को समानहरु चोरेर लगेका ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।


घर भित्र चोरी गरिरहदा कुकुरहरु कराउन थाले पछि आफुहरु हेर्न भनि जाँदा पेटी सुटकेश तोडदै गरेको अवस्थामा छोडेर फरार भएको पिडित परिवारले बताएको छ।
यस विषयमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादव संग बुझ्दा उक्त घटना को अनुसंधान भैरहेको जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु