Wednesday, October 9, 2024

गरुडा समनपुर सडकखण्डमा दुर्घटनाको जोखिम

पछिल्लाे समाचार


रौतहट ,२२ भदौ //
गरुडा समनपुर सडकखण्डको विभिन्न ठाउँमा ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।
गरुडा र गढिमाई नगरपालिकालाई जोडने मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढेको स्थानीयको गुनासो छ।
सडकको विभिन्न स्थानमा खाल्डाखुल्डी भएको कारण पानि जमेकोले सवारी साधन सञ्चालन गर्न असहज भएको र दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् ।
सो खाल्डाखुल्डीमा अहिले वर्षाको पानी जमेको छ जस्का कारण दिनहुजसो सवारी दुर्घटना भइरहेको छ ।
ठूल–ठूला खाल्डाखुल्डीले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भएको उनीहरु बताउछन।
मुख्य सडक नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
असार साउन महिनाको अबिरल वर्षाका कारण भत्केका सो सडकको मर्मत सम्भार हुन सकेको छैन ।
गरुडा देखी मलाहीटोल र सुन्दरपुर देखी समनपुरको विचमा विभिन्न ठाउँमा सडकको कालोपत्रे फुटेर ठूल–ठूला खाल्डाखुल्डी भएको छ ।
सडकको अवस्था सुधार नहुँदा सर्वसाधारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु