रौतहट ,२१ भदौ //
गुजरा नगरपालिकाले पोषण भत्ता वितरणमा ब्यवस्थापन गर्न नसक्दा सास्ति खेप्नु परेको स्थानियले गुनासो गरेको छ।
स्थानिय प्रशासनले भिडभाड हुने कार्य गर्न निषेध गरिएको भएपनि गुजरा नगरका स्थानिय बैकमा भत्ता निकाल्न सयौको संख्यामा भिडभाड गर्दा समेत बैकका कर्मचारीले त्यसतर्फ चासो नदेखाएको उनीहरुको भनाई छ ।
बिहान ८ बजेदेखि नै बैंकमा लाइनमा बस्दा १÷२ बजे मात्र पालो आउने भएकोले त्यसलाई बैक कर्मचारीले ब्यवस्थापन गर्नु पर्ने उनीहरुको माग रहेको छ।
भिडभाडका कारण कोरोना जोखिम बढ्ने त्रास आफुहरुलाई रहेको स्थानियले बताएका छन् ।
बैंकले नगरपालिकामा रहेका वडाहरुलाई पालो प्रक्रिया अपनाएर पोषण भत्ता वितरण गर्न सके भिड पनि नहुने र सहज वातावरणका स्थानियले सेवा पाउने सेवाग्राहीहरुले बताएका छन् ।