Monday, June 24, 2024

गुजरा मा २० भदौ देखि जिल्ला स्तरिय नकआउट फुटवल प्रतियोगिता

पछिल्लाे समाचार


रौतहट, १९ भदौ / गुजरा नगरपालिकामा रहेको युनाईटेड युवा क्लबले जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
युवालाई खेलकुदको माध्यमद्धारा सकारात्मक सोचको विकास गर्दै सामाजिक रुपान्तरण गर्ने उद्धेश्यले सो क्लवले भदौ २० गतेदेखि २७ गतेसम्म सो प्रतियोगिताको आयोजना गर्न लागेको क्लवका अध्यक्ष दिल बहादुर पुलामीले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानिय तहका १२ वटा फुुटबल क्लवहरुले भाग लिने सो प्रतियोेगिताको विजयी टिमले शिल्ड, प्रमाण पत्र र नगद १५ हजार र दोस्रो हुने १० हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पुलामीले बताए ।
सो नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री कटानी मा. वि. को प्राङ्गणमा दिनको साढे ३ बजे देखि हुने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव नर्सिङ्ग रानाले जानकारी दिए ।
सो प्रतियोगिताको समुह ए मा आयोजक युनाइटेट युवा क्लव (बी) , पशुपति युवा क्लव जंगलसहिया, चिडियादह युवा क्लव चन्द्रपुर, न्यू रोयल स्टार जनप्रिय युवा क्लव भवानीपुर , जनशक्ति युवा क्लव गैडाटार र न्यू जनचेतना युवा क्लव मोथियाही रहेको क्लवका सहसचिव सोम बहादुर स्याङत्याङ्गले जानकारी दिए ।
त्यसैगरी समुह बी युनाइटेड युवा क्लव कटानी (ए) , चौतारी युवा क्लव चन्द्रपुर , विजयपुर युवा क्लव विजयपुर , युनिक युवा क्लव सिमरा, हातेमालो सामुदायिक वन चन्द्रपुर र तामाङ्ग युवा परिवार गैडाटार रहेको आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु