रौतहट १८ भदौ । चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उप मेयर र चार जना वडा अध्यक्षले एमाले छाडेका छन् ।
चन्द्रपुर नगरपालिकामा एमाले बाट बिजयी उपमेयर रामरति चौधरीले एकीकृत समाजवादीमा सनाखत गरेकी छिन् भने नेकपा एमालेबाट निर्वाचित भएका ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकाका अघिकाश जनप्रतिनिधीले नेकपा एस रोजेका छन ।
रौतहटमा एकजना उपमेयर रामरती चौधरी र २२ जना वडा अध्यक्षले नेकपा एमालेबाट चुनाव जितेका थिए । सदस्य लगाएत बिभिन्न पदका ३२ जनाले बिहिवार नेकपा एस रोजेका छन ।
विहिबार रौतहटका जनप्रतिनिधिहरु दल रोज्न जिल्ला निर्वाचन कार्यालय गौर पुगेकाथिए ।
गत भदौ २ मा एमाले विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि
जनप्रतिनिधिहरुले पनि भदौ २१ सम्म दल रोज्न पाउने अध्यादेशले व्यवस्था गरेको छ ।
रौतहटमा महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रीक समाजवादी पार्टी जसपाका ४८ जना जनप्रतिनिधीहरुले सनाखत गरेका छन ।
गौर नगरपालिकाका ३६ जसपा बाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये ३२ जना ले लोसपा रोजेका छन ।