रौतहट ,३ असोज //
चन्द्रपुर स्थित पूर्व पश्चिम राजमार्ग फैलावट बनाएपछि सवारी पार्कीङको स्थल नै बनेको छ ।
चन्द्रपुरको मुख्य सडकमा नै लहरै ठूला ठूला सवारी पार्किङ गरीएको भएतापनि मुख्य चोकमा खटिएका ट्राफिक प्रहरी मुकदर्शक झै बनेर बसेका छन् ।
भर्खरै बनेको नवनिर्मित ६ लेनको कालोपत्रे सडकमा सवारी चालकहरुले अव्यवस्थित पार्कीङ गर्नेसंगै सडकमै सवारी मर्मत गर्ने लगायतको कार्य गर्दा कालोपत्रे सडक बिग्रन थालेको छ।
ठूला सवारीको टायर मर्मत सडकमा नै गरीदा बनेका खोपिल्टा तथा डोबहरुबाट भत्कन समेत सुरु गरेको देखिन्छ ।
सवारी चालकहरुले राजमार्गलाई नै पार्कीङ बनाउदा समेत नियमनकारी निकायले ध्यान नदिएको स्थानीयहरू बताउछन।
सडक निर्माण कार्य सम्पन्न पश्चात चन्द्रनिगाहपुरकोे स्वरुप नै परिवर्तन भई निकै नै सुन्दर र फराकिलो देखिएको सडक अस्त व्यस्त ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका लापरबाहीका कारण जोखिम बन्दै गएको छ ।
सडक लेनको दाँया बाँया रोकी राखेका सवारी हटाई दूर्घटना न्यूनिकरणतर्फ सम्बन्धित निकायको ध्यानआकर्षण हुनुपर्ने चन्द्रपुरका स्थानिय व्यापारीहरुको भनाई छ।