Monday, October 7, 2024

चन्द्रपुरमा करोडौको लगानी संरक्षण खै !

पछिल्लाे समाचार

रौतहट २ भदौ /चन्द्रपुर नगरपालिकाले वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअर्न्तगत विभिन्न स्थानमा निर्माण गरेका पार्क र बालउद्यान भताभुङ्ग अवस्थामा छ ।
उपभोक्ता समितिहरु बनाएर निर्माण भएको पार्क, उधानहरु संरक्षण नहुदा करोडौको लगानी खेर गएको छ ।
चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा करीव २ करोड रुपैयाँ खर्चेर पार्क र बालउद्यान निर्माण गरेको थियो ।
तर अहिले पार्क, उधान को संरचना नै भताभुङ्ग छ । संरक्षण र ब्यवस्थापन नहुदा लगानी खेर गएको हो ।

चन्द्रपुरको मुख्य चोकमा निर्माण गरिएका पार्क नै प्रयोगविहीन छ । संरचना को मर्मत ,संभार छैन । चन्द्रपुर–१० पडहरिया र बाल्चनपुरमा २५ लाख रुपैयाँभन्दा बढी खर्चेर बनाएको उधान भत्किएका छन । चन्द्रपुर–६ मोथीयाहीस्थित पार्कको अवस्था उस्तै छ ।
चन्द्रपुर नपाको ब्रह्मस्थान, कुसुमगाछी, कोटीहोम, रैयाटोल, मरधरलगायत दर्जनभन्दा बढी स्थानमा बनाइएका पार्कहरु संरक्षण हुन नसकेको हो ।

चन्द्रपुरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पार्क, बालउद्यान निर्माणको गुणस्तर र प्रयोगको अवस्थाबारे अनुगमन गर्ने बताएका छन ।

त्यस बेला नगरको १० वटै वडामा वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अर्न्तगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रकम दिएको थियो ।

कार्यक्रम अन्तर्गत तारबार, वृक्षरोपण, पोखरी, फूल बगैंचा, सफाइ, मर्मत र बालउद्यान निमार्ण गरिएको थियो ।
चन्द्रपुरका पूर्वाधार विकास संयोजक काजीमान माझीले जनप्रतिनिधी आउनु भन्दा पहिले निर्माण भएका पार्क र पोखरी, उद्यानहरू संरक्षण र प्रयोगमा ल्याउन नगरपालिकाले छलफल चलाएको बताएका छन  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु