Monday, June 24, 2024

चन्द्रपुरमा श्रीमद् भागवत संस्थाको साधारण सभा सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२० भदौ //
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ सिन्दुरेघारीमा रहेको श्रीमद् भागवत सेवा संस्थाको तेस्रो बार्षीक साधारण सभा सम्पन्न भएको छ ।
श्रीमद् भागवत सेवा संस्था समाजमा रहेका असाहय बृद्धाहरुको सेवाको लागि स्थापना गरिएको सस्था हो । सस्थाले असाहयहरुलाई बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोविन्द दुलालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी दुलालले कार्यक्रममा बोल्दै संस्थाको लागि सधै सकारात्मक रहेको र आफु सामाजिक संस्थाको लागि सधै सहयोगि रहेको बताएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष दामोदर दुलालले आर्थिक ०७७÷०७८ को बार्षिक आय – व्याय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चन्द्रपुर ९ का वडा सदस्य नानु श्रेष्ठ बुद्धिमाया तामाङ, जयकिसान सहकारी सस्थाका अध्यक्ष प्रकाश चौलागाई लगायतका अतिथिहरुको उपस्थिति रहेको सस्थाका सचिब गणेश तिमल्सिनाले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु