Sunday, May 26, 2024

चेक बाउन्सको मुद्दामा दोषी ठहर भई फरार रहेका सुन्दास पक्राउ

पछिल्लाे समाचार


काठमाडौं,२९ भदौ //
काठमाडौंको सुन्दरीजलबाट बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्दै आएका २६ वर्षीय अनिस सुन्दास रहेका छन्।

चेक बाउन्सको मुद्दामा उनलाई उच्च अदालत पाटनको गत चैत ८ गतेको फैसलाले सात दिन कैद सजाय र सात लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका सुन्दासलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु