Friday, May 24, 2024

जसपाको अगुवा कार्यकर्ता भेला रौतहटमा सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२१ भदौ//
जनता समाजवादी पार्टी नेपालको अगुवा कार्यकर्ता तथा अन्तरक्रिया कार्यक्रम रौतहटमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा गौरस्थित उद्योग वाणिज्य संघको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र राय यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

आइतबार सम्पन्न सो कार्यक्रममा जनता समाजवादी पार्टीका रौतहटका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता जनाएका थिए ।
कार्यक्रममा हाल मुलुकमा भइरहेको राजनितिक परिस्थिती र आफ्नो पार्टीको धारणाबारे कार्यकर्ताहरुलाई जानकारी गराइएको थियो।
सहभागीहरुले पार्टीभित्र भएको विवाद र त्यसको वास्तविक नितिको बारेमा प्रश्न गरेको थियो।
जसपा मधेशका जनताको मात्र नभएर देशभरि रहेका आम नेपाली जनताको पक्षमा रहेकाले विरोधीहरुले चलाएका भ्रमात्मक प्रचारको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिइएको यादवले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु