Sunday, May 26, 2024
No menu items!

जिल्ला स्तरिय नकआउट फुटवलको उद्घाटन खेलमा पशुपति युवा क्लव जंगलसहिया विजयी

पछिल्लाे समाचार


रौतहट,२१ भदौ //
रौतहटको गुजरा नगरपालिकामा संचालित जिल्ला स्तरिय नकआउट फुटवलको उद्घाटन खेलमा पशुपति युवा क्लव जंगलसहिया विजयी भएको छ ।
आईतबार यूनाईटेड यूवा क्लव गुजरा–२ कटानीको आयोजनामा संचालित फुटवल प्रतियोगितामा यूनाईटेड यूवा क्लव कटानी– बी टीमलाई हराउदै पशुपति युवा क्लव जंगलसहिया विजयी भएको हो ।
गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले भदौ २० गते देखि २७ गते सम्म संचालन हुने उक्त फुटवल प्रितियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जयसवालले फुटवल खेलले गुजरा नगरपालिकालाई राष्ट्रिय स्तरमा चिनाएकोमा गर्व गरेका थिए ।
साथै अगामी दिनमा फुटवल लगायत अन्य खेलकुद विकासका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि बिनोद कुमार जयसवाल , विशिष्ट अतिथि भगवान दर्लामी, युवा नेता पलट चौधरी, वडा अध्यक्ष अशोक चौधरी, पवन राज गिरी तथा अथितिहरुमा ईश्वर प्रधान, राजु बल तामांग लगाएतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु