Wednesday, May 22, 2024

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु,स्थानीयले जलायो टिप्पर

पछिल्लाे समाचार


धनुषा ,११ असोज //
जनकपुरको पीडारीचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास रहेका छन्।
जनकपुरबाट ढल्केबर तर्फ जाँदै गरेको ना . ७ ख ४७४१ नम्बरको टिप्परले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर पश्चात् स्थानीयले टिप्परमा आगो लगाएपछि पूर्ण रुपमा जलेर नष्ट भएको छ।

मृतक दासको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु