Wednesday, May 22, 2024

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष साहद्वारा सहनीलाई खाद्यान्न सहयोग

पछिल्लाे समाचार


रौतहट ,१० असोज //

जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं.५ का लालबाबू सहनीलाई अध्यक्ष अरुण कुमार साहले नगद सहित खाद्यान्न सहयोग गरेका छन् ।
लालबाबू सहनी काम गर्ने क्रममा ११ हजार मेगावाट विधुतीय तार बाट करेन्ट लागेर घाइते हुँदा घाटी र खुट्टाको अप्रेसन गराइ घरमै बसेका छन्। उनको अवस्था बुझ्न पुगेका अध्यक्ष साहले नगद रु ५१ हजार सहित चामल १०० किलो , आलु २५ किलो, दाल ५ किलो, ५ लिटर तेल, नून, साबुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।


अध्यक्ष साहले पीडित सहनी अब श्रममुखी तथा काम गर्ने अवस्थामा नरहेकोले उनलाई जीवकोपार्जनका लागि उनको श्रीमतीलाई सोही गाउँपालिकामा जागीर दिने घोषणा गरेका छन् ।

राजदेविका नगर प्रमुख धिरेन्द्र कुमार सिंह, दूर्गा भगवाती गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष धर्मनाथ चौधरी, वडा सभापति रघुनाथ सिंह लगायतका सरोकारवालाहरुको उपस्तिथिमा सो सामग्री सहयोग गरेका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु