धनुषा ,३० भदौ //
धनुषामा एक युवकको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरनाथ मन्दिर नजिक नाम र वतन नखुलेका अन्दाजी २० वर्षीय युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
मृतकको साथबाटगाँजा र दुई थान मोबाईल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।