Friday, January 16, 2026

धनुषामा वडाध्यक्षले आर्थिक अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

पछिल्लाे समाचार


धनुषा ,३० भदौ//
वडाध्यक्षले आर्थिक अनियमितता गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाको वडा नंं ३ झोझीकटैया वडा कार्यालयमा वडासदस्यसहित स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्।
वडाध्यक्ष रामदुलार मण्डलले व्यापक आर्थिक अनियमितता गरेको आरोपमा चार जना वडासदस्यसहित स्थानीयले तालाबन्दी गरेका हुन्।
उनीहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै वडाध्ययक्ष मण्डलमाथि छानबिन तथा कारवाहीको माग गरेका छन्।
वडाध्यक्ष मण्डलले धेरै शीर्षकको काम नै नगरेर भुक्तानी लिइ भ्रष्टाचार गरेको उनीहरुको आरोप छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु