Wednesday, October 9, 2024

धनुषामा शैक्षिका संघसंस्था संचालन गर्ने तयारी

पछिल्लाे समाचार


धनुषा,१६ भदौ //
धनुषामा कोरोना महामारीको कारण लामोसमयदेखि बन्द धनुषाको शैक्षिका संघसंस्था स्वास्थ्य मापदण्ड पालना गरि अब संचालनमा आउने भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षा भन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न पाइने निर्णय भएको हो।
विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने , हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिएका छन्।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु