रौतहट,३ असोज //
रौतहटको गुजरा नगरपालिका वडा नम्वर ३ र ४ का स्थानिय नदी जन्य बस्तु उत्खननमा रोक लगाउन जागरुक भएका छन्।
जिल्लाको विभिन्न स्थानीय तहले लगाउदै आएको खोलाको ठेक्काबाट वार्षिक करोडौ राजस्व उठाउदै आएको छ ।
यसरि जथाभावी उत्खनन गर्नाले वर्षेनी हजारौ बिघा खेति योग्य जमिन तथा कयौं गाउँ बस्ती बगाउदै आएको छ।
नगरपालिकाले वर्षेनी लाल बकैया खोलाबाट करोडौं राजस्व उठाए पनि वडा नम्वर ३ र ४ मा नदी नियन्त्रण तथा विकास निर्माणको कामलाई प्राथमिकता नदिएको भन्दै उक्त वडाका स्थानीय बासिन्दाहरुले नियम विपरित नदी जन्य बस्तु उत्खननमा रोक लगाउने निर्णय गरेका छन् ।
वडा नम्वर ४ का वडा अध्यक्ष पवन राज गिरीको अध्यक्षतामा आईतबार बसेको स्थानीय बासिन्दाहरुको बैठकले नगरपालिकाले बोलपत्र आव्हान गरि लगाएको बकैया खोलाको ठेक्का अनुसार ठेक्केदार कम्पनीलाई खोलाबाट दैनिक २९६ घनमिटर तथा ठेक्का अवधी भर ८० हजार १ सय ७३ घन मिटर मात्रै नदिजन्य बस्तु निकाल्न दिने निर्णय सहित १५ सदस्यीय संघर्ष समिती गठन गरेका छन ।
अध्यक्ष गिरीले आफ्नै वडाबाट नगरपालिकाले करोडौ राजस्व उठाए पनि आफुहरुलाई नै पाखा लगाउने कार्य दुःखद भएको भन्दै अब देखि खोलाको ठेक्काको केही प्रतिशत रकम ३ र ४ नम्वर वडाको नदि नियन्त्रण तथा विकासको काममा खर्चिनु पर्ने र त्यसको लागि सबैले सम्बन्धित निकाएलाई दवाव दिनु पर्ने बताएका छन् ।
त्यस्तै बैठकमा युवा नेता ईश्वर प्रधानले हामीले नगरपालिकाको गलत काममा अवरोध गर्दा नगर प्रमुखबाट विभिन्न किसिमका आश्वासन दिने तर त्यसलाई ब्यवहारमा लागु नगर्ने जस्ता कार्यले स्थानिय बासिन्दालाई धोका दिएको भन्दै अब आश्वासन दिएका विकास निर्माणका कामहरु जब सम्म पुरा हुदैन तब सम्म वडा नम्वर ३ र ४ वाट उठने राजश्वको मुहान बन्द गर्ने बताएका छन ।
स्थानिय बासिन्दाहरुको उक्त बैठकले खोला जन्य बस्तु उत्खननको निरीक्षण, नियमन कार्यन्वयन तथा नगरपालिकाबाट पाएका आवश्वसनलाई लागु गराउने भएको छ।
दुई वटै वडाका बासिन्दाले घरायसी प्रयोजनका लागि ल्याउने गिटी, बालुवाको राजस्वमा छुट गराउने उद्देश्यले १५ सदस्यीय संघर्ष समिति तथा ७ सदस्यीय अनुगमन समिति समेत गठन गरेका हुन् ।
हरि आले मगरको नेतृत्वमा गठित संघर्ष समितिको सह संयोजकमा कमलेश चौधरी, सदस्यहरुमा ब्रह्म नारायण चौधरी, हरिबंश मैनाली, टिका किशोर चौधरी, मन्सुर आलम देवान र अनिल चौधरी लगाएतका छन भने अनुगमन समितिमा पवन राज गिरी, लगाएतको उपस्थिति रहेको थियो