Friday, June 21, 2024

निजामति कर्मचारी दिवशको अवसरमा बिरामीलाइ फलफुल बितरण

पछिल्लाे समाचार


रौतहट ,२२ भदौ//
निजामति दिवशको अवसरमा चन्द्रपुर अस्पतालमा रहेका बिरामीहरुलाइ फलफुल वितरण गरिएको छ।
मंगलबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोरेन्द्र निरौलाको प्रमुख आतिथ्यमा अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल वितरण गरिएको हो ।

सो कार्यक्रममा निजामति ट्रेड युनियन महासंघ रौतहटका उपाध्यक्ष शम्भु महतो , नापी कार्यालय चन्द्रनिगाहपुर,सडक कार्यालय,भु संरक्षण तथा जलाधार कार्यालय,वन कार्यालय,चन्द्रनिगाहपुर अस्पताल,मालपोत कार्यालय,पशु कार्यालय लगायत सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

सोही अवसरमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले उपस्थीत सबैलाइ तेजपत्ताको बिरुवा प्रदान गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु