रौतहट ८,असोज । रौतहटको राजदेवी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरीमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो। सो शिविरमा १६४ पुरुष र १६९ जना महिला गरी ३३३ जनाको आँखा परीक्षण गराएका थिए। जसमध्य १२७ जनामा मोतियाबिन्दु देखिएको थियो ।
मोतियाबिन्दु भएका बिरामी हरूको गौर आँखा अस्पतालमा निशुल्क लेन्स सहितको अपरेशन गरिने बताएको छ। आँखामा सामान्य समस्या देखा परेका हरू लाई निशुल्क औषधी र चश्मा शिविरमा उपलब्ध गराईएको छ।
उक्त शिविर प्रमुख अतिथीमा उपप्रमुख अंशु सिंह, विशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अतिथि नेपाल प्रहरीका प्रहरी उपरीक्षक बिनोद घिमिरे , अतिथि सशस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली, अतिथि अनुसन्धानका एसपी मुकुन्द बहादुर खडका, अतिथि नेपाल नेत्र ज्योति संघ रौतहटका सभापती विजय सिंह, अतिथि वडा अध्यक्ष र कार्यपालिका सदस्य हरू समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष पुलिन्द्र दास ले गरेका थिए।
उक्त शिविरको उदघाटन कार्यक्रममा स्वागत मन्तब्य प्रधानाध्यापक दिपेन्द्र श्रीवास्तवले गरेका थिए भने संचारकर्मी राम विश्वास मुखियाले कार्यक्रम सञ्चालन गरेका थिए। राजदेवी नगरपालिक वडा नं ९ र समाजिक अभियन्ता नविन कुमार सिंहको संयुक्त स्थानीय आयोजनमा कार्यक्रम सम्पन्न भएको छ। आँखा शिविर सम्पन्न गराउन सहयोग गरेकालाई कार्यक्रममा सम्मानित समेत गरिएको थियो।