Monday, June 24, 2024

नेकपा एमाले गुजरा ७ को वडा भेला सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट २० भदौ।
नेकपा एमालेको गुजरा ७ मा वडा भेला सम्पन्न भएको छ । एमालेका जिल्ला अध्यक्ष तुलसी गिरीको प्रमुख आतिथ्यमा मुल्वी मा.वी प्रतापुरको प्राङ्गणमा भेला सम्पन्न भएको हो । भेलाले संयोजकमा राजेश चौधरी,सह-संयोजकमा हरी मुखिया र शेख कदिर चयन गरेका छन ।भेलाले अगामी कार्तिक ९ गते वडा अधिवेशनको भब्य तयारी गर्ने कार्यक्रमका विशिष्ट अतिथी हरीबंश मैनालीले बताउनु भयो ।

भेलाले ५१ सदस्यीय वडा अधिबेशन आयोजक समिती समेत गठन गरेको छ । कार्यक्रममा रामफुल चौधरी,रामजित चौधरी,हरिनारायण बैठा,मोहन साह,राम आशिष साह,पदम बहादुर श्रेष्ठ,सेख जमालुदिन, इश्वर प्रधान,जयलाल महतो,बिक्रम अस्तानी, माधव गौतम लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला अध्यक्ष गिरिले रास्ट्रीय राजनिती र पार्टीको अगामी योजनाको बारेमा प्रष्ट पार्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु