Friday, June 21, 2024

नेपाली नक्कली नोट सहित दुईजना भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


महोत्तरी ,२ असोज //
नेपाली नक्कली नोट सहित महोत्तरीबाट दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मनपौर ग्राम पंचायत बस्ने शंकर रायको छोरा वर्ष २१ का पिन्टू कुमार राय र साही ठाउँका रामदयाल सिंहको छोरा वर्ष १२ का रितेश कुमार सिंह रहेको प्रहरीले जानकारी दिएको छ।

महोत्तरीको औरही नगरपालिका १ औरही बजारमा पान पसल र स्याउ पसलमा समान किनेर नक्कली नोट दिएको हल्ला हुँदा बीआर ३०७ भी ९४८७ नम्बरको स्कुटर सवार उनीहरुलाई रोकेर चेक गर्दा हजारको २२ वटा नक्कली नोट बरामद गरको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भैरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु