Wednesday, May 22, 2024

नेपाली नक्कली नोट सहित बारा र रौतहट बाट ५ जना पक्राउ

पछिल्लाे समाचार


भदौ २७
नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा बारा र रौतहट गरि ५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

भारतमा नोट बनाई नेपालमा सोही नोटको कारोबार गर्ने काममा संलग्न रहेको आरोपमा बाराको निजगढबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरि ५ जना नक्कली र सक्कली नोटसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन् ।

रौतहटमा पक्राउ परेका १ जनालाई बारा लगिएको छ ।

पक्राउ परेकाहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको र पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु