Thursday, September 12, 2024

नेपाल रेल्वे कम्पनीका कर्मचारीलाई हाजिरीमा रोक

पछिल्लाे समाचार


रौतहट,२१ भदौ //
नेपाल रेल्वे कम्पनीले एकैपटक १६० भन्दा बढी कर्मचारीलाई हाजिरीमा रोक लगाएको छ ।
महाप्रवन्धक निरञ्जनकुमार झाले भट्टराईले ज्यालादारीमा प्रतिस्पर्धाविना नै भर्ना गरेका कर्मचारीलाई हाजिरीमा रोक लगाएका हुन् ।
जयनगर-कुर्था खण्डमा रेल चलाउन भन्दै भर्ना गरिएका इन्जिनियरदेखि सुरक्षा गार्डसम्मलाई कम्पनीले हाजिरीमा रोक लगाएको हो ।
माधवकुमार नेपाल पक्षको कोटाबाट महाप्रवन्धक नियुक्त भएका झाले यसअघिका महाप्रवन्धकले गरेको नियुक्तिले कम्पनीलाई बोझ मात्रै सिर्जना गरेको आरोप लगाउँदै कर्मचारीलाई हाजिरी गर्न रोकेका हुन् ।

जनकपुर जयनगर रेल कहिलेबाट चलाउने कुरा टुंगो नलागेको भन्दै महाप्रवन्धक झाले उनीहरुलाई हाजिरी नगर्न र गरेमा कम्पनी त्यसको जिम्मवार नहुने भन्दै सूचना निकालेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल चलाउन जोडबल गरेपछि लोकसेवामर्फत कर्मचारी छनोट प्रक्रिया लामो हुने भन्दै सोझै ज्यालादारीमा भर्ना गरिएको थियो ।
उनीहरुले जनकपुरस्थित कम्पनीको कार्यालयमा हाजिरी मात्रै गरेर पारिश्रमिक बुझिरहेका थिए ।
कर्मचारीहरुले भने कम्पनीको निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र नै बुझाएका छन् ।
सरकारले नै रेल नचलाएका कारण आफूहरु काम विहीन भएकाले छिटो काममा फर्काएर रेल चलाउन उनीहरुको माग छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु