Friday, January 24, 2025

पर्सामा एकजना कोरोना संक्रमितको मृत्यु

पछिल्लाे समाचार


पर्सा,१७ भदौ //
पर्सामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर १ निवासी ३३ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले बताएका छन्।
उनका अनुसार मृत्यु भएका पुरुष काठमाडौँबाट केहि दिन अगाडी आएर विरामी भएपछि भदौं १० गते अस्पताल भर्ना भएका थिए।
सोहि दिन कोभिड परिक्षण गर्दा पोजेटिभ आएको डा. सिंहले बताएका छन्।
गम्भीर किसिमको कोभिड निमोनिया भएका पुरुषको आज बिहान करिब २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु