Thursday, September 12, 2024

पहिलोपटक नेपालमा निजी कार्गो रेल वीरगञ्ज आइपुग्यो

पछिल्लाे समाचार


पर्सा ,३१ भदौ //
नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल मालसमानसहित वीरगञ्ज आइपुगेको छ।
हिन्द टर्मिनल प्रालिको एक यार्कको कार्गो रेल ९० वटा कन्टेनर बोकेर कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको रेल बुधबार बिहान ९ बजे वीरगन्ज आएको हो।
यसअघि भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए।
हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल–भारत एलओई (लेटर अफ एक्स्चेन्ज) सम्पन्न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।
रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु