Wednesday, May 22, 2024

पार्किङ गरेर राखिएको मिनी ट्रकमा आगजनी

पछिल्लाे समाचार


सर्लाही,१३ असोज //
सर्लाहीको बयलवासमा पार्किङ गरेर राखिएको मिनी ट्रकमा आगजनी भएको छ ।
गएराती करिब ११ बजेको समयमा ईश्वरपुर नगरपालिका–६, बयलवासका स्थानिय खड्ग प्रसाद बरालको घर छेउमै पार्किङ गरेर राखिएको ना ४ च ९५७ नम्वरको ट्रकमा आगजनी भएको हो ।

ट्रक मुनी जलेर थोरै मात्रै बाँकी रहेको साइकलको टायर फेला परेकाले ट्रकमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।
आगजनीबाट ट्रकको इन्जिनको भाग र अगाडिको दाहिने पट्टीको टायर जलेको छ ।
स्थानीय र ईलाका प्रहरी कार्यालय केशरगन्जबाट गएका प्रहरी मिलेर तत्कालै आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु