Thursday, June 13, 2024

पोखरीमा डुबेर एकैदिन दुई बालिकासहित तीनजनाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,६ असोज //
सप्तरीमा पोखरीमा डुबेर एकैदिन मा दुई बालिकासहित तीनजनाको मृत्यु भएको छ।
मंगलबार बिहानदेखि साँझसम्म फरक फरक स्थानमा पोखरीमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी ३ वर्षीया छोरी एलिजा कुमारी चौधरी रहेकि छिन्। उनको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।
यस्तै कपडा धुने क्रममा बिहान तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया बस्ने भतो मंसुरीकी १२ वर्षीया छोरी सबना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकैको नहरमा कपडा धुने क्रममा सबनाको डुबेर मृत्यु भएको परिवारले जनाएको छ ।
यस्तै महादेवा गाउँपालिका ४ परसाही टोलका अमृत सदाका ३० वर्षीया छोरी लक्षन कुमारी सदाको घर नजिकै रहेको सार्वजनिक पोखरीमा भाडाँ मस्काउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तीनवटै घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु