Thursday, May 23, 2024

प्रणामी व्यवसाय संघको रौतहट संयोजकमा राज कुमार बजगाई

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट २६ भदौ । श्री कृष्ण प्रणामी व्यवसाय संघको रौतहट संयोजकमा राज कुमार बजगाई चयन हुनु भएको छ । संघको केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद वाग्लेको उपस्थितिमा उहालाई संयोजकमा चयन गरेको हो। रौतहटको चंद्रपुर ४ शान्तिनगर अवस्थित प्रणामी मन्दिरमा बसेको बैठकले संघको सह-संयोजकमा श्री राम प्रसाद पोख्रेल,सदस्यहरुमा प्रकाश तिमल्सिना,मोमिन प्रसाद बजगाई,केशव तिमल्सिना,बिजेन्द्र पाश्वान,रमेश पौडेल,श्याम दाहाल,लक्ष्मी कोईराला,बिदुर न्यौपाने,सन्तोष तिमल्सिना र मधु तिमल्सिनालाई चयन गरेको हो ।

प्रणामी व्यवसायीहरुको हक-हित,सुरक्षा तथा समन्वयको लागी संघ विस्तार गरिएको केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद वाग्लेले बताउनु भयो।
बैठकमा केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे,सचिव समुन्द्र नेपाल,सह-सचिव श्याम मुडवरी,सल्लाहकार अर्जुन वाग्ले लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु