Friday, May 24, 2024

प्रतिबन्धित लागुऔषधसहित वीरगंजबाट दुई जना पक्राउ

पछिल्लाे समाचार


वीरगंज,९ असोज //

वीरगंजबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं.१७ अलौं बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोहि वडाको सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन्।

लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्कस्थित सडकखण्डमा ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकल जाँच गर्दा एक हजार ४ सय ७० पिस लागु औषध नाईट्राभेट ट्याब्लेट बरामद भएको पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु