Friday, July 19, 2024

प्रतिबन्धित लागुऔषध वीनसीरेक्ससहित दुईजना भारतीय नागरिक पक्राउ

पछिल्लाे समाचार


सर्लाही,१९ भदौ //
सशस्त्र प्रहरी बल सर्लाहीले खाना पकाउने ग्याँस सिलिण्डर भित्र लुकाएर ल्याउँदै गरेको नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र सोही ठाउँ घर भएका ३२ वर्षीय नेता शर्मा रहेका छन्।
नेपालमा प्रतिबन्धित लागुऔषध वीनसीरेक्स ९४ बोतल सहित उनिहरुलाइ पक्राउ गरिएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।
बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवैजनालाई शुक्रबार ३२५ नम्बरको सीमा स्तम्भ नजिक रोकेर चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटर दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिएका छन् ।
एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको उनले बताएका छन् ।
बरामद् ग्याँस सिलिण्डर र लागूऔषध सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु