Friday, May 24, 2024

प्रतिबन्धित लागूऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ

पछिल्लाे समाचार


महोत्तरी,२१ भदौ //
सशस्त्र प्रहरी बलले महोत्तरीबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका ७ बस्ने ३० वर्षीय संजय भट्ट र गोर्खाको बुढीगण्डकी गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय अजय परियार रहेका छन्।


आइतबार साँझ सम्सी गाउँपालिका ७ चाँदनी चोकमा सवारी चेक जाँच गर्ने क्रममा प्रदेश नं. ०२–०२२ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेक गर्दा लागूऔषध फेला परेको सशस्त्र प्रहरी बल ९ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट नाइट्राभेट ट्यावलेट २३७० थान, प्रामेफाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १२१ थान, डाइजेल्याव इन्जेक्सन १७१ थान, ओफिन इन्जेक्सन ११८ थान, डाइजेपाम इन्जेक्सन ४६ थान बरामद भएको उनले बताएका छन्।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको प्रहरी उपरीक्षक सापकोटाले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु