Monday, October 7, 2024

बजार क्षेत्रमा सहज आवागमनको लागी उद्योग वाणिज्य संघको माग

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ७ असोज । चन्द्रपुर नगर उद्योग बाणिज्य संघले विभिन्न सरोकारवाला निकायलाई ज्ञापन-पत्र बुझाएका छन् । बिहिवार संघले ईलाका प्रशासन,ईलाका प्रहरी,जिल्ला ट्राफिक,सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरलाई बोधार्थ बनाई चन्द्रपुर नगरपालिकामा ज्ञापन-पत्र बुझाएका हुन् । चन्द्रपुर नगरपालिकाको पुर्व-पश्चिम राजमार्ग र चपुर गौर रोड सडकको दाया-बाया फुटपाथ व्यवस्थापन ,पार्किङ्ग व्यवस्थापन,हाट-बजारको दिन भिडभाड र ट्राफिक ब्यवस्थापन गर्न ज्ञापन-पत्र बुझाईएको हो।

चन्द्रपुर वडा न ४ अन्तर्गत निर्माणधिन नाला र सो नालाबाट उत्पन्न असहज परिवेश एवं सडकको बिचमा रहेको बिजुली को पोल,टेलिफोनको पोल,अव्यवस्थित ठेलागाडा,रिक्सा,टेम्पो, पसलको समेत उचित व्यवस्थापन गरि चन्द्रपुर नगरलाई सुन्दर र सफा नगरको अवधारणालाई अगाडी बढाउनको लागी ज्ञापन पत्र बुझाईएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका महासचिव सुनिल साहले बताए ।

चन्द्रपुर नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरी बिभिन्न संघ-संगठन र उद्योगी व्यवसायी समन्वय गरेर सम्पूर्ण कार्यलाई अल्पकालीन योजना बनाई यथा-सिघ्र सम्पन्न गराउनु पर्ने साहको भनाई छ । निर्माणधीन नालाका कारण मुख्य चौक दुर्गन्धित भएको,कुरुप देखिएको तथा आउदै गरेको दशैँ-तिहार र छठ पर्वमा सर्वसाधारणको आगमन हुने हुँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले यस तर्फ प्रतिनिधिको ध्यान जानुपर्ने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष फिरोज श्रेष्ठले बताए ।

नगरवासी,सामाजसेवी तथा उद्योग बाणिज्य संघ अन्तर्गतका विभिन्न संगठनको बैठकद्वारा जारी गरिएको पत्रमा उठान गरिएको बिषयहरुको ७ दिन भित्र व्यवस्थापन गर्न आग्रह गरिएको श्रेष्ठले जनाए । यदि पत्रको बेवास्था वा कार्यन्वन गर्न ढिलाई भएमा उद्योगी-व्यवसायी आन्दोलनमा उत्रिन बाध्य हुने श्रेष्ठको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु