रौतहट २ असोज / चोरिएको मोटरसाइकलसहित प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय रुपक झालाई चोरीभएको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ३ विपी चोक मा ना.५२ प १५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेको झामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।