Wednesday, May 22, 2024

बारामा आगलागी हुँदा लाखौको क्षति

पछिल्लाे समाचार


बारा,११ असोज //
बाराको महागढीमाई नगरपलिका वडा नम्बर १ बरियारपुर बजारमा आगलागी हुँदा लाखौको क्षति भएको छ।

सोमबार बिहान करिब १ बजे को समयमा उपेन्द्रकुमार गुप्ताको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

आगलागीबाट विश्वनाथ कुशवाहाको सागर मोबाईल सेन्टरमा ब्याट्री इन्भर्टर दुई थान, मोबाइल, ल्यापटप र बुफर गरी एक लाख पाँच हजार, जितेन्द्र कुशवाहाको टिभी पसलमा राखिएको पंखा, टिभी सात वटा, दुई थान एलसीडी र एक थान एलईडी गरी ९५ हजार र उपेन्द्रको मोटरसाइकल, टिभी र मोटर गरी ४० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु