Friday, May 24, 2024

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

पछिल्लाे समाचार


बारा,१६ भदौ //
बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्वर ४ गङ्गानगरका ४८ वर्षीय तेजालाल प्रसाद यादव रहेका छन्।
आफ्नै धान बालीमा काम गर्ने क्रममा खेतमा राखिएको पानि तान्ने मोटरमा जोडिएको तार पानीमा लात्रिदा पानीमै करेन्ट प्रवाह भई उनको घटना स्थलमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
मृतक यादवको शव पोष्टमार्डमको लागि कलैया पठाइएको र घटना समन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढकाे प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु