Saturday, April 26, 2025

बालगृहका संचालक एवं समाजसेवी खनालको मृत्यु

पछिल्लाे समाचार

सर्लाही,१७ भदौ //
सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृहका संचालक एवं समाजसेवी सरोज खनालको मृत्यु भएको छ।

उनको ५३ वर्षको उमेरमा धादिङमा आफ्नै कोठामा सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

बरहथवा नगरपालिका–१६, गंगापुर पुख्र्यौली घरभई हरिवनस्थित सुखेपोखरीमा बाल बालगृह संचालन गर्दै आएका थिए।

उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
सर्भिस फर पिस नेपालका महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही दिनदेखि त्यहाँ बस्दै आएका थिए ।
मृतक खनालको शव पोष्टमार्टमका लागि धादिङ जिल्ला अस्पतालमा राखिएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु