Monday, June 24, 2024

बृन्दावनका किसानहरुको स्थानिय सरकारसँगको छलफल सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,५ असोज //
बृन्दावनका किसानहरुको स्थानिय सरकारसँगको छलफल सम्पन्न भएको छ।
आरडिसी नेपालको सहकार्यमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पशुपति होटलको सभा हलमा सो छलफल सम्पन्न भएको हो।
बृन्दावनका वडा अध्यक्ष दिलनाथ महतो को प्रमुख आतिथ्यतामा स्थानिय सरकारसँग किसानहरुको छलफल सम्पन्न भएको हो।
बृन्दावन नगरपालिका वडा नम्बर ८ का स्थानिय कृषक समुहहरुले वडामा भएका समस्याहरु राखेका थिए ।

सो समस्याका दीर्घकालिन सामाधानका लागी वडा कार्यालयले पहली कदम चाल्दै आएको वडा अध्यक्ष महतो ले बताएका छन्।
स्थानिय नागरिकहरु सँग स्थानिय सरकारको सम्बन्ध एकअर्कामा परिपुरकको रुपमा हुुनु पर्ने भएकाले स्थानियको समस्याका बारेमा स्थानिय सरकारलाई जानकारी र स्थानिय सरकारले खेल्नु पर्ने भुमिकाका सम्बन्धमा छलफल गराएको आरडिसी नेपालका सहजकर्ता ज्योती फुयालले जानकारी दिइन।

सो कार्यक्रममा ३० जना किसानहरुको सहभागीता रहेको उनले बताइन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु