Wednesday, May 22, 2024

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


काठमाडौँ,२१ भदौ //
बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महनगरपालिका १६ माछापोखरीका ५६ वर्षीय शिवराज गजुरेल रहेका छन्।
उनलाई ब्यूरोले बालाजु शेषमतीपुल काठमाडौँबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ असार २८ गते ७ दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएपछि गजुरेल फरार भएका थिए।
उनलाई आफ्नो खातामा पर्याप्त मौज्दात नभएको थाहाँ भएपनि झुक्याएर हाम्रो विकास बैंकको चेक आ-आफ्नो खाताबाट भुक्तान हुने गरि पीडितहरुलाई दिएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु