Wednesday, May 22, 2024

ब्राउन सुगरसहित सिराहाबाट एक युवक पक्राउ

पछिल्लाे समाचार


सिराहा ,१९ भदौ //
सिराहाबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका ५ का २६ वर्षीय मो. नियाज सेख रहेको प्रहरीले जनाएको छ।
सिराहा नगरपालिका १७ काली चौकबाट ईलाका प्रहरी कार्यालय माडरको टोलीले उनलाई पक्राउ गरिएको हो।
उनको साथबाट १० दशमलव ५ ग्राम ब्राउन सुगर बरामद भएको सिराहा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सेखमाथि थप अनुसन्धान भईरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु