Monday, June 24, 2024

भन्सार छली ल्याएको सामान सहित ट्रक र चालक पक्राउ

पछिल्लाे समाचार


पर्सा ,७ असोज //
भन्सार छली ल्याएको सामान सहित ट्रक र चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगंज वडा नम्वर १४ का परमानन्द प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

ना.र ख ९७३७ नम्बरको ट्रकलाई वीरगञ्ज वडा नम्बर ८ लाल बङ्गला अगाडि चेकजाँच गर्दा ट्रकमा बिलबिजक नभएको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।

उनका अनुसार मेडिकल सामान र खुद्रा सामानहरू जनकपुर लग्ने क्रममा बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो।
बरामद सामान करिब ६० लाख बराबरको रहेको प्रवक्ता खनालले जानकारी दिएको छ। बरामद सामान र कुर्मीलाई आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा बुझाएको उनले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु