Friday, May 24, 2024

महेन्द्र मावि रैयाटोलमा बिधालय भवन शिलान्यास

पछिल्लाे समाचार


रौतहट १६ भदौ / चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिमा सुबिधा सम्पन्न ४ कोठे भवनको शिलान्यास भएको छ ।
बुधबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले भवनको शिलान्यास गरेका छन ।

भवनको शिलान्यास गदै नगर प्रमुख चौधरीले भवन निमार्णको गुणस्तरमा कुनैपनि किसिमको कन्जुस्याइ नगर्न आग्रह गरेका छन ।
शिक्षा क्षेत्रको बिकाशकोे लागी नगरपालिकाले उच्च प्राथामिकताका साथ काम गरिरहेको बताउदै नगर प्रमुख चौधरीले हरेक सामुदायिक बिद्यालयको भौतिक पुर्वाधारको बिकाश र शैक्षिक गुणस्तरमा उतिकै ध्यान दिएको बताएका छन ।
बिद्यालयको भवन शिलान्यास कार्यक्रममा नगर उप प्रमुख रामरती चौधरी,प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,चन्द्रपुर शिक्षा शाखा प्रमुख उपसचिब कृष्ण सिग्देल लगायतको उपस्थिती रहेको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारको सभापतित्वमा सो शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा ४ कोठे भवन निमार्ण गर्न थालिएको सो बिद्यालयकी प्रधानाध्यापक कमला थापाले जानकारी दिइन ।

करिब ३६ लाखको लागतमा सुबिधा सम्पन्न बिधालय भवन निमार्ण गर्ने लक्ष्य रहेको प्रअ थापाले को भनाइ छ ।
कक्षा कोठाको अभाबमा बिद्यार्थीहरुलाइ पठनपाठनमा समस्या रहदै आएकोमा भवन निर्माण पछि सहज हुने बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु