Friday, January 16, 2026

महोत्तरीमा रुखबाट लडेर पुरुषको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी,२० भदौ //
रुखबाट लडेर महोत्तरीमा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका ३ खैरागाउँका ६२ वर्षीय खोबारी खान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रकाश विष्टका अनुसार आफ्नै बारीको रुखको हाँगा काट्ने क्रममा अचानक लडेर उनी गम्भीर घाइते भएका थिए।
घाइते खानलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु