Wednesday, May 22, 2024

माओवादी केन्द्रको महिला सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट २७,भदौ । नेकपा माओवादी केन्द्रले महिला सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रले रौतहटको माधवनारायण नपा ५ मिठुअवामा कार्यक्रम सम्पन्न गरेको हो। पार्टीको वडा कमिटी अध्यक्ष राजिनन्द साह उर्फ (राजन) कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रदेश अध्यक्ष रामनंदन महतोको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेश कमिटि सदस्य देबकी नेपालको रहेको थियो। कार्यक्रममा बोल्दै नेपालले महिला हिंसाको वारेमा नेपाली महिलाहरु नै सचेत हुनु पर्ने र महिलाहरु एकजुट भै अगाडी बड्नुपर्नेमा जोडदिदै महिलाका सत्रु महिलानै भएको र महिला हिंसाका स्रोत प्रत्येक घर-परिवारका सदस्य भएकोले यस्ता कार्यलाई रोक्न घर परिवार, स्थानिय संघ सस्था देखि लिएर हामि सवै सचेत हुनु पर्ने तथा राष्ट्रले पनि महिला हितको लागि ध्यान दिनुपर्नेमा जोड दिएकि थिईन । महिलाहरुको हक अधिकार प्राप्त गर्नको लागि महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिनुपर्ने बताएका थिईन। कार्यक्रममा युवा नेता मुकेश कुमार गुप्ता,नगरकमिटीका संयोजक देवनारायण भगत ,वडा अध्यक्ष रजिनन्द साह लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु