Monday, June 24, 2024

माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको मृत्यु,अर्का एक बेपत्ता

पछिल्लाे समाचार


रौतहट ,१० असोज //
बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर रौतहटको एक बालकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा राजदेवी नगरपालिकाका १० वर्षीय अवित राम रहेको प्रहरीले जनाएको छ।
यस्तै अन्य दुईजनालाई भने जिवितै उद्धार गरिएको छ।
उनीसँगै गएका १० वर्षका चिन्टु पासवान बेपत्ता भएको रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेले बताएका छन्।
मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ भने बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए।
आइतबार नजिकैको नदिमा ४ जनाको समुह बनाएर उनीहरु माछा मार्न गएको समय नदीमा नुहाउन पसेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु