Sunday, May 26, 2024

मेयर कै छिमेकी टोलमा बर्षौ देखि अन्धकार

पछिल्लाे समाचार

रौतहट १३ असोज /
तस्विरमा देखिएको यो टोल राजदेवी नगरपालिका का मेयर धिरेन्द्र कुमार सिंहको घर भएको वडा हो ।
सो नपा को वडा ९ ब्रह्म्पुरी का गरिव बस्तिमा बिजुली लैजान कोही कसैले ठोस पहल गरेका छैनन ।

सो वडाको अन्य टोलमा १८ बर्ष अगाडी बिजुली बलेको भएपनि गरिवीले थिचेको दलितबस्तीमा बिजुली लैजान योजना बनेको छैन ।
राजदेवी नगरपालिका वडा न. ९ ब्रम्हपुरीको करिव २० घर दलित परिवार लाई बिजुली बती सुबिधा छैन ।
दलित बस्ती मा बिजुली बति जडान को लागी आवाज उठाइ दिन बस्तिबासीले अनुरोध गरेका छन ।

रौतहटको राजदेवी नगरपालिका–९ मा रहेको दलित समुदायका बस्तीमा बिजुलीको व्यवस्था छैन । त्यहाँ बाटो तथा नाला केहिको व्यवस्था छैन् ।

राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहको आफ्नै गाउँको छेउमै रहेको दलित बस्तीमा वर्षौ देखी अन्धकार छ ।

मेयर उपमेयर लगायतका निर्वाचित जनप्रतिनिधिहरुले ध्यान नदिदा नगरवासीहरुको जनजीविकासंग सम्बन्धित सुविधा अपुग भएको राजदेवी नगरपालिकाका युवा नेता नवीन कुमार सिहले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु