रौतहट ,३० भदौ //
युनिसेफ नेपालको सहयोगमा गौर नगरपालिकाकी किशोरीहरुलाई स्वच्छता सामग्री सहितको शैक्षिक सामग्री वितरण गरिएको छ ।
गौर नपामा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तर्गत किशोरी शिक्षामा अध्ययन गरि रहेका २१९ जना किशोरीहरुलाई १४ प्रकारका शैक्षिक समाग्री वितरण गरिएको हो।
कोरोनाको दोस्रो लहरको संक्रमण तथा शिक्षाको पहुँचबाट बन्चित किशोरीहरुलाई शिक्षित बनाउने उदेश्यले सो सामग्री वितरण गरिएको नगरपालिकाका शिक्षा संयोजक गणेश गिरीले बताए ।
नगरपालिकाले गाउँघरमा संचालन गरेको किशोरी शिक्षा कार्यक्रम सहभागी भएका बालिकाहरुलाई अध्ययन गर्नका लागि सहयोग पुग्ने उदेश्यले युनिसेफले उपलव्ध गरेको शैक्षिक सामग्री गौर नगरपालिकाले वितरण गरेको उनले बताए ।
अध्ययन गराउनको लागी प्रत्येक वडाहरुमा किशोरी शिक्षा कार्यक्रम संचालन गराउने कार्य शुरु गरिएको छ।