Monday, June 24, 2024

रौतहटको कटहरियाका नगरबासीलाई विद्युत निशुल्क

पछिल्लाे समाचार


रौतहट ,२१ भदौ //
रौतहटको कटहरिया नगरपालिकाले नै अब नगरबासीको विद्युत महसुल भुक्तानी गरिदिने भएको छ । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहका अनुसार कृषि कार्यका लागी विद्युत जडान भएको विद्युत महसुल र घरायसी खपत भएको विजुली महसुलको विल सम्बन्धित वडा कार्यालयमा बुझाउन नगरबासीलाई अनुरोध गरिएको हो।
त्यस्तै नगरपालिकाको स्रोत र साधन प्रयोग गरि नगरका सम्पुर्ण वडाहरुमा स्वच्छता अभियान अन्तर्गत निशुल्क शौचालय सरसफाई कार्यक्रम चालु रहेकाले २०७९ असार मसान्तसम्म आफ्नो शौचालयहरु सरसफाई गर्न नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।
नगरपालिकाले विद्युत महसुल भुक्तानी दिनुका साथै शौचालय पनि सरसफाई निशुल्क गर्ने निर्णयले स्थानिय नगरवासी खुशी भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु